बैशाख १६,काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा भैरहेको निर्वाचनपछिको प्रारम्भिक मतगणनामा कांग्रेसका डम्बर खड्का अग्रस्थानमा रहेका छन् । उनी ६ सय ५७ मतसहित अगाडि रहेका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी एमालेका सुहाङ नेम्वाङले ५ सय ३४ मत ल्याएर खड्कालाई पछ्याइरहेका छन् । यसैगरी रास्वपाका मिलन लिम्बुले १ सय १५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेद्धार डेकेन्द्र थेगेमले १ सय ८७ मत ल्याएका छन् ।