इलामको प्रारम्भिक मत परिणाम सार्वजनिक, कसले कति मत पाए ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १६, आईतबार (२ हप्ता अघि)
  • १७ पटक पढिएको
इलामको प्रारम्भिक मत परिणाम सार्वजनिक, कसले कति मत पाए ?

बैशाख १६, इलाम । उपनिर्वाचन अन्तर्गत इलाम २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार यो समाचार तयार पार्दासम्म १२९७ मत गणना भएको छ ।

गणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले लिड गरिरहेका छन् । जसअनुसार सुहाङले ४५५ मत पाएका छन् । उनलाई काँग्रेसका डम्बर खड्काले ३३५ मतसहित पछ्याइरहेका थिए ।

यस्तै, तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिम छन् । उनले ४०१ मत पाउनुभएको छ भने चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदावर मिलन लिम्बु छन् । उनले ८६ मत पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस