आज दोहोरो अंकले बढ्यो सेयर बजार, साढे २ अर्बको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख १६, आईतबार (२ हप्ता अघि)
  • ७ पटक पढिएको
आज दोहोरो अंकले बढ्यो सेयर बजार, साढे २ अर्बको कारोबार

बैशाख १६, काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १४.३३ अंकले बढेर बजार १९८०.२७ बिन्दुमा पुगेको छ।

कारोबार अवधिभर ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । १७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।

यस दिन व्यापार समूहबाहेक अन्य उपसमूहको सेयर मूल्य बढेको छ ।
आज फाइनान्स समूह सबैभन्दा धेरै ३.९८ प्रतिशत बढ्यो । विकास बैंक समूह २.२३ प्रतिशत, माइक्रोफाइनान्स १.४१ प्रतिशत, निर्जीवन बीमा समूहको १.०६ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन ०.७७ प्रतिशत, लगानी समूह ०.४५ प्रतिशत, हाइड्रोपावर ०.४३ प्रतिशत, जीवन बीमा समूह ०.७२ प्रतिशत, बैंकिङ ०.२४ र उत्पादन समूह ०.०७ प्रतिशत बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस