बैशाख १६, इलाम । इलाम २ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस अग्र स्थानमा रहेको छ भने नेकपा एमालेले पछ्याईरहेको छ ।
फाकफोकथुम गाउँपालिकाको मतदान केन्द्रबाट सुरु भएको मतगणनाको पछिल्लो विवरणमा कांग्रेसका डम्बरबहादुर खड्काले ११४५ र एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत ल्याएका छन् ।