तेस्रो लगानी सम्मेलनको उद्घाटनमै दुई सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख १६, आईतबार (२ हप्ता अघि)
  • १४ पटक पढिएको
तेस्रो लगानी सम्मेलनको उद्घाटनमै दुई सम्झौता

बैशाख १६,काठमाडौँ । तेस्रो लगानी सम्मेलनमा दुईवटा सम्झौता भएका छन् । लगानी बोर्डले आयोजना गरेको दुईदिने सम्मेलनको उद्घाटनमै दुई सम्झौता भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेशनल चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रिज अपफ मलेसिया ९एनआईसीसी०बीच ब्यापार र लगानी प्रबर्द्धनका लागि सम्झौता भएको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाका तर्फबाट अध्यक्ष टान सी थायन लाइले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

त्यस्तै, नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजबीच पनि सम्झौता भएको छ । डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्नेबारे द्धिपक्षीय सम्झौता भएको हो ।

बीएलसी होल्डिङ्सका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टा डाटा सर्भिसेज सेन्टरका सीईओ सुनिल गुप्ताले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

आइतबारदेखि राजधानीमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । ५५ भन्दा बढी देशका प्रतिनिधीहरु सम्मलेनमा सहभागी छन् । सम्मेलनमा २ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी रकम बराबरका कम्तीमा चारवटा परियोजनाको विकास र कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस