दार्चुलामा जीप दुर्घटना, ६ जनाको मृत्यु भएको पुष्टि

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०७५ फागुन १७, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १७,काठमाडौँ । दार्चुलामा जीप दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा शुक्रबार राति करिब ८ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ३ पुरुष, २ महिला र एक जना बच्चाको शव फेला पारिएको सशस्त्र प्रहरीका डिएसपी भिम चन्दले जानकारी दिए ।

उनले भने, ‘दुर्घटनास्थल एकदमै भिरालो छ, अँध्यारोमा पनि छ । अहिलेसम्म ६ जनाको शव माथि ल्याएका छौं, अरुको खोजी जारी छ ।’ उनले मृतकको संख्या बढ्न सक्ने बताए ।

मृतकको पहिचान नभएको र दुर्घटनाग्रस्त जीपमा कति यात्रु थिए भन्ने एकिन जानकारी पनि नभएको डिएसपी चन्दले बताए ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस