बझाङमा कुन दललाई कति मत ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १७, सोमबार (२ हप्ता अघि)
  • २० पटक पढिएको
बझाङमा कुन दललाई कति मत ?

बैशाख १७, धनगढी । बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् ।

सिंहले ७ हजार ४९२ मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन् । उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएको थियो ।

तेस्रे स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत पाएका छन् । राप्रपाका किशोर खड्काले १ सय ८२ मत पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस