इलाम–२ मा एमाले र बझाङ प्रदेशसभा–१ मा कांग्रेस उम्मेदवार अगाडी बढ्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १७, सोमबार (२ हप्ता अघि)
  • १५ पटक पढिएको
इलाम–२ मा एमाले र बझाङ प्रदेशसभा–१ मा कांग्रेस उम्मेदवार अगाडी बढ्दै

बैशाख १७, काठमाडौँ । उपनिर्वाचनको जारी मतगणनाअनुसार इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमाले र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् ।

सोमबार बिहान ८ः५५ सम्म प्राप्त अद्यावधिक विवरणअनुसार इलाम २ मा एमालेका सुहाङ नेम्वाङले ८ हजार ८९८ मतका साथ अग्रता बनाएका छन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार २८० मत पाएका छन् भने तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ४ हजार ६३४ मत पाएका छन् ।

यसैगरी बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ८ हजार ४०६ मतका साथ एमालेका उम्मेदवारलाई पछि पारेका छन् । एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार १६५ मत पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस