सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै प्रवेश पासको व्यवस्था

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १७, सोमबार (२ हप्ता अघि)
  • २२ पटक पढिएको
सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै प्रवेश पासको व्यवस्था

बैशाख १७, काठमाण्डौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ । कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ई–गेट पासका लागि वेबसाइटमा क्युआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृति भइसकेपछि मात्रै ई–गेट पास जारी हुनेछ र त्यो पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस