भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १७, सोमबार (२ हप्ता अघि)
  • १८ पटक पढिएको
भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

बैशाख १७, काठमाण्डौँ । भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । घटनामा २३ जना घाइते भएका छन् ।
पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएपछि दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ५ महिला र ३ बालबालिका रहेका छन् । उनीहरुको घटना स्थलमै मृत्यु भएको हो । भारतीय प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई रायपुर एम्समा रिफर गरिएको छ ।

प्राप्त जानकारी अनुसार पिकअपमा ४०–५० जना सवार रहेका थिए । घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस