लगानी सम्मेलनको दोस्रो दिन : पाँच एमओयू सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख १७, सोमबार (२ हप्ता अघि)
  • २७ पटक पढिएको
लगानी सम्मेलनको दोस्रो दिन : पाँच एमओयू सम्झौता

काठमाडौँ । लगानी सम्मेलनको दोस्रो दिन दुई वटा दुईपक्षीय सम्झौता एमओयू भएको छ । सम्मेलनमा आज होटलसँग सम्बन्धित र सार्वजनिक निजी साझेदारीसँग सम्बन्धित विषयमा एमओयू भएको हो । नेपालको शाख समूहले हङकङको बोर होटलसँग एमओयू गरेको छ ।

यस्तै नेपाल एसोसिएसन अफ सार्वजनिक निजी साझेदारी एनएपीपीपी र वर्ल्ड एसोसिएसन अफ अफ पीपीपी युनिट एण्ड पीपीपी प्रोफेसनल ९वाप्प०बिच समेत एमओयू सम्झौता भएको हो । सम्झौताअनुसार बोर होटलले नेपालको कपिलवस्तुमा होटलमा लगानी गर्ने छ । उक्त होटलमा चीनबाट करिब १ अर्ब ९० करोड रुपैयाँ लगानी आउनेछ ।

यस्तै सार्वजनिक निजी साझेदारीसँग सम्बन्धित सम्झौतासँगै नेपालमा सार्वजनिक निजी साझेदारी विषयमा अध्ययन तथा सहकार्य हुनेछ । यो सम्झौतामा नेपालको एसोसिएनसनको अध्यक्ष र वाप्पको अध्यक्षले हस्ताक्षर गरे । यससँगै दुई दिनको लगानी सम्मेलनका क्रममा आजसम्म कूल ५ वटा एमओयू सम्झौता भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस