आइएमई लाइफको नाफामा उछाल, खुद बीमा शुल्क कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख १७, सोमबार (२ हप्ता अघि)
  • १३ पटक पढिएको
आइएमई लाइफको नाफामा उछाल, खुद बीमा शुल्क कति ?

बैशाख १७, काठमाण्डौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा ७५ प्रतिशतको उछाल आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा १८ करोड ८ट लाख रुपैयाँ थियो ।

कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको २ अर्ब ८९ करोडको तुलनामा ७।७९ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ७३ लाख २५ हजार,लगानी तथा कर्जा आम्दानी ९६ करोड १३ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ३ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

यस्तै कम्पनीको अन्य आम्दानी ३९ लाख ७३ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी ४ अर्ब १२ करोड र खुद दाबी भुक्तानी २ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । कम्पनीले गरेको दाबी भुक्तानी अघिल्लो आवको सोहि अवधिकाु तुलनामा १४।०९ प्रतिशतले धेरै हो ।

ताजा अपडेट

खोजी गर्नुहोस