सिम्रिकको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १७, सोमबार (२ हप्ता अघि)
  • २० पटक पढिएको
सिम्रिकको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण

बैशाख १७, काठमाडौँ । इण्डिकेटरमा ढोका नलागेको संकेत देखिएपछि सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान काठमाडौंबाट लुक्ला उडेको नाइनएन एकेडी हेलिकप्टर धुलिखेलमा अवतरण गरिएको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार इण्डिकेटरले संकेत गरेपछि सुरक्षाका दृष्टिकोणबाट सुरक्षित अवतरण गराएर जाँच गर्नुपर्छ । सोही सिलसिलामा सिम्रिकको जहाज धुलिखेलमा रोक्नु परेको थियो । ढोका सही तरिकाले लगाएपछि हेलिकप्टर पुनः लुक्ला उडेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस