जिप दुर्घटना

भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको छ ।
  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १७, सोमबार (२ हप्ता अघि)
  • २४ पटक पढिएको
भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख १७, काठमाडौँ । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना भएको छ ।

बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको छ ।

दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ । घाइतेहरुको नामावली र अवस्था खुल्न सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस