जर्मन बुण्डेसलिगा : बोरुसिया डर्टमन्डको अग्सबर्गसँग आश्चर्यजनक हार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन १८, शनिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १८,काठमाडौँ । जर्मन बुण्डेसलिगाको लिग लिडर बोरुसिया डर्टमन्डले अग्सबर्गसँग दुई-एकको आश्चर्यजनक हार व्यहोरेको छ ।

गएराति अग्सबर्गको घरेलु मैदानमा भएको खेलमा बोरुसिया डर्टमुन्डलाई हारको स्वाद चखाउन जी डोङ उनले दुई गोल गरे । घरेलु दर्शकमाझ अग्सबर्गका लागि जी डोङले खेलको २४ औं मिनेटमा पहिलो गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको अग्सबर्गले ६७ औं मिनेटमा अन्तर दुई शून्यमा पुर्‍यायो । यसपटक उसका लागि फेरि जी डोङले नै गोल गरे ।

दुई गोलले पछि परेको बोरुसियाका लागि ८१ औं मिनेटमा पाको एल्काचेरले गोल गर्दै अन्तर कम गरे पनि उनको गोल टिमलाई हारबाट बच्न प्रयाप्त बनेन ।

जारी लिगमा बोरुसियाको यो दोस्रो हार हो । यो हारपछि उसले दोस्रो स्थानको बार्यन म्युनिखसँग ६ अंकको अग्रता बनाउन बनाउनबाट चुक्यो । डर्टमुन्डको २४ खेलबाट ५४ अंक छ भने दोस्रो स्थानको बायर्नको २३ खेलबाट ५१ अंक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस