अरुण तेस्रो आयोजनामा बम विस्फोट, संलग्नलाई पक्राउ गर्न नसक्दा घटना रहस्यमय

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन १८, शनिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुन १८, काठमाडौँ । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको काम अहिले तीव्र रूपमा भइरहेको छ । भारतीय सतलज विद्युत् निगम (एसजेभिएन) लिमिटेडले आयोजनाको काम गरिरहेको छ ।

सन् २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको अरुण तेस्रो आयोजनाको गत २८ वैशाखमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाट संयुक्त रूपमा स्विच दबाएर शिलान्यास गरेका थिए । ०४२ सालदेखि सुरु भएको अरुण–३ जलविद्युत् आयोजना लामो समय रोकिएर केही वर्षअघिबाट सुचारु भएको हो ।

आयोजनामा भारत सरकारको ७४.५ प्रतिशत र हिमाञ्चल राज्य सरकारको २५.५ प्रतिशत स्वामित्व रहेको छ । विद्युत् उत्पादन भएको २५ वर्षपछि नेपालको स्वामित्वमा आउनेछ भने स्थानीयले ३० मेगावाट विद्युत् निःशुल्क पाउने सम्झौता छ ।

अरुण तेस्रो आयोजनाले जिल्लाको साबिक पाँच गाविस मकालु, नुम, याफु, दिदिङ र पाथीभरालगायतका स्थानमा प्रत्यक्ष प्रभावित पार्नेछ ।

आयोजनाको काम तीव्र ढंगले भइरहे पनि केही समयदेखि विभिन्न समूहको आक्रमणको निसानामा परेको छ । आयोजनालाई लक्षित गरेर बम विस्फोट र आगजनीका घटना भइरहे पनि त्यसको वास्तविकता भने पत्ता लाग्न सकेको छैन ।

आक्रमणको घटनाको जिम्मेवारी कसैले नलिनु र घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नुले घटना रहस्यमय बन्दै गएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस