यी हुन् हृदयघातका लक्षण, जानी राखौँ हृदयघातबाट बच्ने उपाय

Post Thumbnail

फागुन १८, काठमाडौँ । यदि तपाईंलाई एक्कासी छाती दुख्न थाले तुरुन्त एक चक्की एस्पिरिन चबाउँदै अस्पताल जानुभयो भने हृदयघातबाट हुने मृत्यु टर्न सक्छ।

तत्कालै लिन सकिएको ३०० मिलिग्रामको एउटा एस्पिरिनको सहयोगबाट करिब एक चौथाई मृत्युलाई टार्न सकिन्छ।

‘हार्ट अट्याकको लक्षण देखिएका जोसुकैलाई तुरुन्त एस्पिरिन खुवाएर अस्पताल लैजानु तत्काल गर्न सकिने सबैभन्दा उत्तम उपाय हो,’ मुटुरोग विशेषज्ञ ओममूर्ती अनिल भन्छन्, ‘सबै प्रकारका छाती दुखाई हार्ट एट्याक नहुने भए पनि एस्पिरिन खाँदा स्वास्थ्यलाई कुनै घाटा हुन्न, हार्ट एट्याक हुनै लागेको भए पनि ज्यान बच्च।’

एस्पिरिनलाई एसिटाइल स्यालिसाइलिक एसिड समेत भनिन्छ। यो चक्की सामान्य शारीरिक पीडा हटाउन, ज्वरो कम गर्न र रगत पातलो पार्नसमेत प्रयोग गरिन्छ।

छाती दुख्नु वा त्यही भागमा अरु असुविधा हुनु

बेहोस हुनु, रिँगटा लाग्नु, थकाई अनुभव हुनु

बंगारा, घाँटी वा पिठ्युँ दुख्नु वा अरु असुविधा हुनु

पाखुरा वा काँध दुख्नु वा असजिलो हुनु सास फेर्न गाह्रो हुनु

ताजा अपडेट

खोजी गर्नुहोस