लोकसभा निर्वाचन

बाँकेको जमुनाहा नाका तीन दिन बन्द हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २९, शनिबार (११ महिना अघि)
  • १४६ पटक पढिएको
बाँकेको जमुनाहा नाका तीन दिन बन्द हुने

बैशाख २९, नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ ।

भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार बेलुकादेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले खुला सीमाका कारण बढ्नसक्ने सुरक्षा चुनौतिका कारण नाका बन्द गरिएको जानकारी दिए ।
नाका बन्द रहेका बेला एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा कुनै अवरोध नहुने पनि उनको भनाइ छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस