प्रतिसेयर आम्दानी ७.०३ पैसा कायम

चन्द्रागिरी हिल्सको नाफा ३८.८१ प्रतिशतले बढ्यो

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०८१ बैशाख ३०, आईतबार (११ महिना अघि)
  • २७८ पटक पढिएको
चन्द्रागिरी हिल्सको नाफा ३८.८१ प्रतिशतले बढ्यो

बैशाख ३०,काठमाडौँ । केबुलकार, होटेल तथा रेष्टुराँसहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडले नाफा ३८.८१ प्रतिशतले बढेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ३८.८१ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीको नाफा ७ करोड ७७ लाख रुपैयाँ थियो ।

कम्पनीको सञ्चालन आम्दानी बढ्दा नाफामा वृद्धि देखिएको हो । यसको उक्त आम्दानी ६२ करोड ९० लाख रुपैयाँबाट बढेर ६९ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी पनि ४४ लाख रुपैयाँबाट बढेर ८६ लाख पुगेको छ । कम्पनीको वित्तीय खर्च पनि २० करोड ६६ लाखबाट घटेर १८ करोड २९ लाख कायम भएको छ ।

१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष १२ करोड २२ लाख रुपैयाँले ऋणात्मक छ । चन्द्रागिरी हिल्सको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ७ पैसाबाट बढेर ७.०३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ०३ पैसा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस