कैलालीको नदीमा डुबेर २ बालबालिकाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ३०, आईतबार (११ महिना अघि)
  • ९८ पटक पढिएको
कैलालीको नदीमा डुबेर २ बालबालिकाको मृत्यु

बैशाख ३०, कैलाली । कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा शनिबार दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलारी –८ लोहरपुरका सात वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउँद रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीका अनुसार खड्काको घटनास्थलमै र साउँदको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुवैको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस