मौसम पुर्वानुमान

आजको मौसम : केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / जीवनशैली /
  • २०८१ बैशाख ३१, सोमबार (११ महिना अघि)
  • १२८ पटक पढिएको
आजको मौसम : केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

बैशाख ३१, काठमाण्डौँ । आजदेखि मौसममा क्रमिक सुधार भएको छ । यतिबेला गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको छ । दिउँसो काठमाण्डौ उपत्यकासहित पहाडी भेगका थोरै ठाउँमा र तराईका एक, दुई ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद चिरञ्जीवि भेटवालकाअनुसार हिजोजस्तो ठूलो पानी पर्ने सम्भावना भने छैन । हिजो कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मुसलधारे वर्षा भएको थियो । अघिल्लो हप्ता आइतवारदेखि लगातारजसो पानी परिरहेको छ ।

हिजोको तुलनामा आज कम र आजको तुलनामा भोलि कम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार पर्सि बुधवार धेरै ठाउँको मौसम सफा रहनेछ ।

#मौसम पुर्वानुमान

ताजा अपडेट

खोजी गर्नुहोस