मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ जेष्ठ १, मंगलबार (११ महिना अघि)
  • १४४ पटक पढिएको
मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला

जेठ १, काठमाण्डौँ । प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “मिस यूनिभर्स नेपाल”को लागि आवेदन खुलेको छ । सोमबार काठमाडौँको सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा “मिस यूनिभर्स नेपाल २०२४”को लागि आवेदन खुलेको जानकारी आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गिता पुरीले भन्नुभयो, “ मिस युनिभर्स नेपाल २०२४ को आवेदन खुला भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी सबै आ–आफ्नै तरिकाले पर्फेक्ट छौं र यस वर्ष हामी सबै क्षेत्रका महिलाहरूलाई समावेश गर्दै मिस युनिभर्स नेपाललाई थप समावेशी बनाउन प्रतिबद्ध छौँ । म सम्पूर्ण नेपाली तथा गैरआवासीय नेपाली महिलाहरुलाई यो अवसरको सदुपयोग गर्दै विश्वबजारमा नेपाली नारीहरुको असीम क्षमता देखाउन अनुरोध गर्न चाहन्छु ।”

प्रतियोगिताको आवेदन जेठ १ गतेदेखि असार १ गते सम्म खुल्ला रहनेछ । इच्छुक महिलाहरुले खल्ती एप अथवा मिस यूनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाईन फारम भरेर आवेदन पेश गर्न सक्छन् । आवेदन खुला हुने अवधि भर सातै प्रदेशमा विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस