लुटपाट

लहानमा बम पड्काएर ६ घर लुटियो, दुई स्थानीय गम्भीर घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १, मंगलबार (११ महिना अघि)
  • १८० पटक पढिएको
लहानमा बम पड्काएर ६ घर लुटियो, दुई स्थानीय गम्भीर घाइते

जेठ १, सिरहा । सिरहाको लहान नगरपालिका १७ हरिपुर टोलमा गएराति ६ घरमा लुटपाट भएको छ । ११ बजे रातिदेखि डाकाहरुले बम पड्काएर लुटपाट गरेका छन् । बम पड्किंदा स्थानीयहरु घाइते भएका छन् ।

स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको छ । डाकाहरुले नगद, गरहना लुटेका हुन् ।

डाकालाई प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ । अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

#लुटपाट

ताजा अपडेट

खोजी गर्नुहोस