सुन हालसम्मकै महङ्गो ! आजको भाउ कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ ३, बिहिबार (११ महिना अघि)
  • १६५ पटक पढिएको
सुन हालसम्मकै महङ्गो ! आजको भाउ कति ?

जेठ ३,काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेर १ लाख ४० हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर तोलामा १ लाख ४० हजार रुपैयाँ पुगेको हो।

यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस