काठमाण्डौमा भूमिगत बिजुलीको परीक्षणको तयारी

पोलका उपकरण हटाउन प्राधिकरणको सूचना
  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ३, बिहिबार (११ महिना अघि)
  • १५७ पटक पढिएको
काठमाण्डौमा भूमिगत बिजुलीको परीक्षणको तयारी

जेठ ३,काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा बनिसकेका भूमिगत विद्युत प्रणाली परीक्षण गरेर केही दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । पेप्सीकोला–जडीबुटी, लैनचौर-नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलङ्की–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत विद्युत जडान भइसकेकाले परीक्षणको तयारी थालिएको प्राधिकरणले जनाएको हो ।

भूमिगत प्रणालीको परीक्षणसँगै बिजुलीका पोल र जमिनमाथिका वितरण लाइन बिस्तारै हटाउँदै जाने प्राधिकरणको तयारी छ । त्यसैले यी ठाउँमा जडान भएका सडक बत्ती, अप्टिकल फाइबर, इन्टरनेट केबल, सीसीटीभीलगायत संरचना र उपकरण ६ महिनाभित्र हटाउन प्राधिकरणले सूचना प्रकाशित गरेको छ । संरचना एवम् उपकरणहरु नहटाएमा प्राधिकरणले पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति प्राधिकरण जिम्मेवार नहुने पनि सूचनामा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस