चौथोपटक विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ जेष्ठ ४, शुक्रबार (११ महिना अघि)
  • ११८ पटक पढिएको
प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने

जेठ ४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।

जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय संसद सचिवालयमा पत्र पनि लेखेर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेको छ ।

#पुष्पकमल दाहाल प्रचण्ड

ताजा अपडेट

खोजी गर्नुहोस