मणिराज गौतम १५ औँ डी सिने अवार्डबाट पुरस्कृत

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ जेष्ठ ६, आईतबार (११ महिना अघि)
  • १३२ पटक पढिएको
मणिराज गौतम १५ औँ डी सिने अवार्डबाट पुरस्कृत

काठमाडौँ । पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम १५ औँ डी सिने अवार्डबाट पुरस्कृत भएका छन् । शुक्रबार आयोजित समारोहमा उनलाई नगद १५ हजार रुपैयाँसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री भुवन चन्द र संगीतकार शम्भुजीत बास्कोटा लगायतले पुरस्कार हस्तान्तरण गरे ।

काठमाडौँ र हेटौँडामा रहेर दुई दशकदेखि चलचित्र पत्रकारितामा क्रियाशील गौतम चलचित्र पत्रकार संघ मकवानपुर शाखाको पूर्वअध्यक्ष्ँ समेत हुन् । उनले फिल्ममा अभिनयसहित निर्माणमा पनि सहकार्य गरेका छन् ।

गौतमले आफूले पुरस्कार पाउँदा मोफसलमा विधागत पत्रकारितामा सक्रियलाई प्रोत्साहन मिल्ने प्रतिक्रिया दिए । डिजिटल माध्यमबाट निर्माण गरिएका फिल्मकर्मीलाई प्रोत्साहन गर्न यो अवार्ड हरेक वर्ष आयोजना हुँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस