गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीको चासो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन १९, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बुटवल ।   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा जर्मनीले इच्छा व्यक्त गरेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलसँग आइतबार नेपालका लागि जर्मनी राजदूत रोल्याण्ड स्याफरको टोलीसँग भएको भेटवार्तामा विमानस्थल सञ्चालन र व्यवस्थापनमा इच्छा व्यक्त गरेको हो ।

जर्मन संसद्का सदस्य टोविया पिफुगर, बेटिना स्टर्क, गबिइले कट्मार्क, संसद्का प्रमुख मोनिका हेइनलगायत सहितको टोलीले प्रदेश ५ मा जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताउँदै लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकूल कानूनी वातावरण, तालीमप्राप्त जनशक्ति लगायतका विषयमा जिज्ञासा समेत राखेको थियो।

भेटमा मुख्यमन्त्री पोख्रेलले प्रदेशको समृद्धिबाट मुलुकको विकासलाई अघि बढाउन खोजेको तथा नेपालको विकास प्रयासमा प्रदेशलाई नमूना बनाउन खोजेको राजदूत स्याफरलाई बताएका थिए।

यस्तै जर्मनी टोलीलेप्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको थियो। रासस

ताजा अपडेट

खोजी गर्नुहोस