प्रधानमन्त्रीलाई विश्वासको मत

‘अहिले सरकार छोड्ने निर्णयमा हामी छैनौँ’ : राजेन्द्र पाण्डे

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ जेष्ठ ८, मंगलबार (११ महिना अघि)
  • ९२ पटक पढिएको
‘अहिले सरकार छोड्ने निर्णयमा हामी छैनौँ’ : राजेन्द्र पाण्डे

जेठ ८, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले आफूहरुले सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् । सांसद पाण्डेले एकीकृत समाजवादीले सरकार छोड्ने निर्णय नगरेकाले विश्वासको मत दिएको बताएका हुन् ।

उनले अर्को निर्णय नभएसम्म पार्टी सरकारमा बस्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिइहाल्नुपर्ने स्थिति नआएको भन्दै किन विश्वासको मत लिनुभयो भन्ने आफूले बुझ्न नसकेको बताए ।

उनले प्रधानमन्त्रीले विश्वासको मत पाएपनि प्रतिपक्ष दलहरुको नाराबाजीका कारण नमज्जाको वातावरण बनेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस