नेपाल–स्विट्जरल्याण्ड दोस्रो परामर्श बैठक सम्पन्न

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ अषाढ ३, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ३,काठमाडौँ । नेपाल र स्विट्जरल्याण्डका परराष्ट्र मन्त्रालयबीच दोस्रो द्विपक्षीय परामर्श बैठक स्विट्जरल्याण्डको राजधानी वर्नमा सम्पन्न भएको छ ।

जेनेभास्थित नेपाली दूतावासद्वारा प्रकाशित प्रेस विज्ञप्तिका अनुसार बैठकमा दुवै पक्षले द्विपक्षीय सम्बन्धका सबै पक्षमा समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन तथा वाणिज्य सहयोगका क्षेत्रको सम्भाव्यताबारे छलफल गरेका थिए । सो अवसरमा आप्रवास, मानवीय सुरक्षा, जलवायु परिवर्तन तथा पर्वतीय सहकार्यबारे पनि छलफल भएको थियो ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयको युरोप–अमेरिका महाशाखा हेर्ने सहसचिव घनश्याम भण्डारी र स्विट्जरल्याण्डका तर्फबाट त्यहाँका एशिया प्रशान्त क्षेत्र हेर्ने सहायक राज्य सचिव जोहान्स मट्यासी सहभागी रहेका थिए ।

नेपाली टोलीमा सहभागी अन्य सदस्यमा अर्थमन्त्रालयका उपसचिव टेकबहादुर खत्री, जेनेभास्थित दूतावासका मिनिस्टर काउन्सेलर सुरेश अधिकारी तथा परराष्ट्र मन्त्रालयका उपसचिव लक्षुमन खनाल हुनुहुन्थ्यो भने स्विट्जरल्याण्डका तर्फबाट स्विस परराष्ट्र अधिकारी राफेल नागेली, पियत्रो मोना, नाथालिए सेमोरोज तथा नेपालस्थित स्विस दूतावासका नियोग उपप्रमुख दीपक एल्मर सहभागी थिए ।

प्रथम परामर्श बैठक सन् २०१६ को मई ३० मा काठमाडौँमा भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस