तेलको पाइप विस्फोट हुँदा ५० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ फागुन १९, आईतबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १९, काठमाडौँ । नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ।

स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन्।

पेट्रोलियम पदार्थको सो पाइप विस्फोटन भएपछि आगलागी हुनुका साथै धुँवा समेत उठेको अधिकारीहरुले बताएका छन्।

सो पाइपबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुनै पनि कम्पनीले घटनाका बारेमा कुनै जिम्मेबारी जनाएका छैनन्। घटनामा परी घाइते भएकाहरुको संख्या धेरै नै रहेको तर कति छन् भन्ने यकिन नभएको बताइएको छ।

नाइजेरियामा पेट्रोलियम पदार्थको पाइपलाइन विस्फोटन भएर मृत्यु हुने घटना बेला बेलामा हुने गरेका छन्। अहिले घटना भएकै ठाउँमा यसअघि सयौँको मृत्यु भएको थियो। रासस/एएनआई

ताजा अपडेट

खोजी गर्नुहोस