चट्याङ

कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ८, मंगलबार (११ महिना अघि)
  • ४५ पटक पढिएको
कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु

जेठ ८, कैलाली । कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका ९ उत्तर पूर्वा बस्ने लाल सिंह बिकको १५ वर्षीया छोरी ममता बिकको सोमबार साँझ चट्याङ लागर मृत्यु भएको हो ।

उनको पसलबाट घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिसचन्द्र शाहले जानकारी दिए ।

मृतक बालिका कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस