तालिवान समूहको आक्रमणबाट २० अफगानी सर्वसाधारणको मृत्यु

असार ३,काठमाडौँ । अफगानिस्तानमा तालीवान समूह, सुरक्षा बल र नागरिकहरूले अभूतपूर्व युद्धविरामको अनुभव गरिरहेका समय एक जना आत्मघाति आक्रमणकारीले वम विष्फोट गराउँदा शनिबार २० जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् ।

घटनामा कम्तीमा १६ जना घाइते भएका छन् । पूर्वी नानगाहर प्रान्तको रोदात जिल्लामा भएको घटनामा घाइते भएका सबैजनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रान्तीय गभर्नरका प्रवक्ता अतुल्लाह खोग्यानीले घटनाको पुष्टि गर्दै भने ,“युद्धविरामका समय गराइएको आत्मघाती विस्फोटका कारण २० जनाको मृत्यु भएको छ भने १६ जनाभन्दा बढी घाइते भएका छन् ।”

संम्बन्धित समचार

Leave a Reply