जेठ १७, काठमाण्डौँ । तिलगंगा आँखा प्रतिष्ठानमा मिस नेपाल २०२३–सृच्छा प्रधानको स्माइल प्रो लेजरबाट चश्मा हटाउने शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । यो नेपालमा उपलब्ध एक मात्र रोवोटिक लेजर आई सर्जरी प्रविधि हो । स्माइल प्रो विश्वमा एक मात्र लेन्टीकुलर ईक्ट्राक्सन एफडिए प्रमाणित प्रविधि हो ।
यस प्रविधिबाट ‘माइनस’ १४ तथा ‘प्लस’ ६ डायप्टर सम्मको पावर भएको चश्मा लगाईरहेका व्यक्तिहरुको चश्माको पावर हटाउनको लागि यो सर्जरी उपयुक्क्त हुन्छ । यस्तो सर्जरी गर्न पहिला आँखाको विस्तृत जाँच गरिन्छ, त्यसपछि मात्र सर्जरी गर्न मिल्ने नमिल्ने थाहा हुन्छ । विशेषत दृष्टि दोष (पावर चश्मा लगाउनुपर्ने समस्या) हुनेलाई यस्तो सेवा प्रदान गरिने तिलगंगा आँखा प्रतिष्ठान रिफ्रयाक्टीभ सर्जन डा. बन्दना खनालले बताउनुभयो । पेशागत रुपमा चश्मा लगाउन नमिल्ने र अप्ठारो हुने जस्तै खेलाडी, एयरहोस्टेज, टेलिभिजन समाचार वाचक साथै विभिन्न पेशामा आवद्ध प्रोफेशनल, काम गर्नुपर्ने युवा अवस्थाका व्यक्तिहरुको लागि यो सर्जरी राम्रो विकल्प हुन सक्छ ।
रिफ्रयाक्टीभ सर्जन डा. कौशल पोखरेल बताउनुहुन्छ , ूशुरुको अवस्थामा माइनस ‘१४’ सम्म र प्लस ‘६’ सम्म गर्ने गरिन्थ्यो । तर विगत डेढ वर्ष अघि देखि माइनस १४ भन्दा धेरै पावर हुनेहरुको पनि लेन्स एक्सचेन्ज र फेकिक आई व एल प्रविधिद्धारा सर्जरी गर्दै आएका छौ । ४० वर्ष नाघेका व्यक्तिहरुमा नजिकको समस्या हुने र त्यसका लागि छुट्टै प्लस पावर प्रयोग गर्नुपर्ने हुँदा झन्झटिलो हुने यस्ता व्यक्तिहरुका लािग पनि लेजर सर्जरी उपयुक्त विकल्प हुन्छू
तिलगंगा आँखा अस्पतालले सुरु गरेको रिफ्रयाक्टीभ सर्जरीबाट हालसम्म २०,००० भन्दा बढीको चश्मा हटाउने शल्यक्रिया गरिसकेका छन् । अस्पतालले सन् २००३ बाट यो सेवा शुरु गरेको यस सेवा लिन नेपाली मात्र नभई विदेशीहरु उल्लेख्य संख्यामा आउने स्रोतले बताएको छ । नेपालमा यो सेवा सुरु हुनुभन्दा अघि भारत तथा अन्य मूलुकमा गएर सर्जरी गर्नुपर्ने बाध्यता थियो ।