छानबिन समितिले गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्छ: गगन थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २०, आईतबार (११ महिना अघि)
  • ८८ पटक पढिएको
छानबिन समितिले गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्छ: गगन थापा

जेठ २०,काठमाडौँ । प्रतिनिधिसभामा आज बजेटमाथिको छलफल शुरु हुनुअघिको विशेष समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘सहकारी संस्थाको बचत रकम संसदीय छानबिन विशेष समिति’ ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्ने बताएका छन् ।

उनले सूर्यदर्शन सहकारीलगायतका सहकारीबाट गोर्खा मिडिया नेटवर्कले लिएको रकम अपचलन अभियोगमा समितिले गृहमन्त्री लामिछानेलाई पनि बयानमा बोलाएर कारबाहीका लागि सिफारिस गर्नुपर्ने बताएका हुन्।

महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई उन्मुक्ति दिनुपर्ने पक्षमा आफूहरू रहेको बताए ।

यस्तै बैठकमा कांग्रेस महामन्त्री एवम् सांसद गगन थापाले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ पनि मागेका छन् ।

‘देशको सूचना बेच्ने सदनमा छन् भनियो, अब हिसाबकिताब गृहमन्त्रीसँग होइन प्रधानमन्त्रीसँग हुन्छ’, उनले भने । थापाले मन्त्री लामिछानेको अभिव्यक्ति कि त संसद्बाट हटाउन नभए त्यसको जिम्मेवारी लिई जवाफ दिन माग गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस