धुनीवेशी नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा

धुनीवेशी नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा

जेठ २०, धादिङ । बालबालिका सुरक्षित हुने आधार ,पुर्ण खोप सुनिश्चित धुनिवेशी नगर भन्ने नाराका साथ धुनिवेशी नगरपालिकाले पुर्ण खोप सुनिश्चितता गरेको घोषणा गरेको छ । आज एक कार्यक्रमबीच नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता गरिएको हो । घोषणा कार्यक्रममा नगरप्रमुख आचार्यले पुर्ण खोप सुनिश्चितताको लागि खट्ने जनप्रतिनिधि,कर्मचारी,स्वास्थ स्वयंसेविका र नगरवासीलाई धन्यवाद भन्दै राज्यले प्रदान गर्ने खोप सबैलाई लागाउन आग्रह गरे । उनले नगरपालिकाले स्वास्थ,शिक्षा र खानेपानीलाई प्रमुख प्राथमिकतामा राखेको बताए । उनले स्वास्थ स्वयंसेवीकाको सुविधा र सेवाका बिषयमा राज्यले उचित व्यवस्था गर्नुपर्ने बताउदै प्रदेश सरकारले निति नै ल्याउन आग्रह गरे । उनले स्वास्थ जस्तो गम्भीर बिषयमा खेलवाड गर्न नहुने बताए ।

नगर उपप्रमुख सुरज उप्रेतीले आगामी बर्षमा पनि पुर्ण खोप सुनिश्चितताको लागि आवश्यक पर्ने व्यवस्था गर्ने बताए । जिल्ला जनस्वास्थ्य प्रमुख पोखरेलले नगरपालिका टिमसहित नगरवासीलाई बधाई दिए । अहिले मानव पुजी निर्माण गर्ने बेला आएकोले खोपको महत्त्व बढ्दो क्रममा रहेको बताए । उनले १२०० बालबालिकामा ९ सय ५० बालबालिकाले पोलियोको आइपिभी खोप लगाएकोमा बाकी बालबालिका छुटेका भए उनिहरुलाई पनि जानकारी गराउनुपर्ने बताए । खोप बालबालिकाको नैसर्गिक अधिकार भएकोले बालबालिकालाई खोप लगाउनु अभिभावकको कर्तव्य भएको बताए ।

घोषणा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले नगरपालिकाले छुटेका बालबालिकालाई खोजी खोजी खोप लगाएको भन्दै खोप लगाउन नमान्ने अभिभावकलाई काउन्सिल गर्नुपर्ने बताए । उनले स्वस्थ र सक्षम नागरिक उत्पादन गर्नका लागी सरकारले पुर्ण खोप सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

नगरपालिकाको लक्ष्य २७१ जना खोप लगाउने रहेकोमा ३७५ जनाले खोप लगाएका थिए । जस अनुसार ११० प्रतिशत खोप लगाएका थिए । सो घोषणा गर्नका लागी नगरका स्वास्थकर्मीले डाटा लिने,सर्भेक्षण गर्ने र खोप नलगाएकाको घरमै गएर खोप लगाउने कार्यक्रम गरेको नगरपालिकाका जनस्वास्थ्य अधिकृत ध्रुव अधिकारीले बताए । नगरपालिकामा पुर्ण खोप सुनिश्चितता गर्नको लागी प्रत्येक बर्ष नयाँ बच्चाको जन्म,उनिहरुले लगाएको खोपका बिषयमा अध्याबधिक गर्नपर्ने हुन्छ । पुर्ण खोप सुनिश्चितता घोषणामा नगरप्रमुख बालकृष्ण आचार्यले सबै वडाका जनप्रतिनिधिलाई धन्यवादसहित पुर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका थिए । सो क्रममा जिल्ला जनस्वास्थ प्रमुख श्याम पोखरेलले नगरप्रमुख आचार्यलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस