साफ महिला च्याम्पियनशिप

साफ महिला च्याम्पियनशिप नेपालमा हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ जेष्ठ २२, मंगलबार (१० महिना अघि)
  • ८८ पटक पढिएको
साफ महिला च्याम्पियनशिप नेपालमा हुने

जेठ २२, काठमाण्डौँ । साफ महिला च्याम्पियनशिप २०२४ नेपालमा हुने भएको छ । सातौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर १७ देखि ३० तारिखसम्म नेपालले आयोजना गर्ने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

साफ प्रतियोगिता समितिको आज बसेको बैठकले नेपाललाई साफ महिला च्याम्पियनशिप २०२४ को आयोजक स्वीकृत गरेको हो । प्रतियोगितामा साफका सात वटै देशको सहभागिता रहने छ । प्रतियोगिता काठमाण्डौको दशरथ रङ्गशालामा हुने तय भएको छ ।

यसअघि सन् २०२२ को छैटौँ संस्करण पनि नेपालमा नै आयोजना भएको थियो । त्यो संस्करणमा नेपाल फाइनलमा बङ्ग्लादेशसँग ३–१ गोलले पराजित भएको थियो । साफ महिला च्याम्पियनशिपमा भारत सबैभन्दा सफल टोली हो । भारतले अहिलेसम्म पाँच पटक उपाधि जितेको छ ।

#साफ महिला च्याम्पियनशिप

ताजा अपडेट

खोजी गर्नुहोस