रतुवा खोला

रतुवा खोलाले जीप बगाउँदा बेपत्ता बच्चा र महिला मृत फेला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २२, मंगलबार (१० महिना अघि)
  • १०५ पटक पढिएको
रतुवा खोलाले जीप बगाउँदा बेपत्ता बच्चा र महिला मृत फेला

जेठ २२, इलाम । इलाममा रतुवा खोलाले जीप बगाउँदा बेपत्ता बच्चा र महिला मृत भेटिएका छन् । प्रहरीले गाडी खोलाले बगाएको ठाउँभन्दा केही तल एक जना बच्चा र महिलाको शव फेला पारेको छ । उनीहरूको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।

‘गाडीको एउटा चक्का मात्रै फेला परेको छ । गाडी भेटिएको छैन । प्रहरी पुगेर घटनास्थलमा उद्धार र अनुसन्धान थालेको छ,’ इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले भने । इलामको लारूम्बा गाउँबाट दमकतिर आउँदै गरेको बोलेरो जीप इलामकै चुलाचुली गाउँपालिका–५ चपेटीमाथिको रतुवाखोलाले बगाएको थियो । उक्त जीपमा चालकसहित ६ जना यात्रु सवार थिए । ६ जनामध्ये ४ जनाको उद्धार भएको छ ।

#रतुवा खोला

ताजा अपडेट

खोजी गर्नुहोस