भारतको लोक सभा निर्वाचन: भाजपा नेतृत्वको एनडीए गठबन्धनको २९५ सिटमा अग्रता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ जेष्ठ २२, मंगलबार (१० महिना अघि)
  • ९५ पटक पढिएको
भारतको लोक सभा निर्वाचन: भाजपा नेतृत्वको एनडीए गठबन्धनको २९५ सिटमा अग्रता

जेठ २२,काठमाडौँ । भारतको लोक सभा निर्वाचनको मत गणना चलिरहेको छ । सुरुआती रुझानमा नरेन्द्र मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ ।

५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ । आजतकका अनुसार अनुसार समाचार तयार पार्दासम्म भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले २९५ सिटमा अग्रता लिएको छ ।

कांग्रेस नतृत्वको इण्डिया गठबन्धन २२९ सिटमा अगाडि छ । १९ सिटमा अन्य अगाडि छन् ।

भारतमा ७ चरणमा चुनाव भएको थियो । पहिलो चरणको मतदान १९ अप्रिलमा भएको थियो भने अन्तिम चरणमा १ जुनमा मतदान भएको थियो ।

अहिले ५४३ मध्ये ५४२ सिटको मत गणना चलिरहेको छ । सुरत लोकसभा सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस