विपद् व्यवस्थापन

विपद् व्यवस्थापन : चौबिसै घण्टा तैनाथ रहने गरी मनसुन प्रतिकार्य टोली गठन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २३, बुधबार (१० महिना अघि)
  • १४३ पटक पढिएको
विपद् व्यवस्थापन : चौबिसै घण्टा तैनाथ रहने गरी मनसुन प्रतिकार्य टोली गठन

जेठ २३, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले २४सैँ घण्टा तैनाथ रहने गरी विपद् व्यवस्थापन तालिम प्राप्त ‘डेडिकेटेड’ मनसुन प्रतिकार्य टोली गठन गरेको छ ।

मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपद्मा परेकाको तत्कालै उद्धारका लागि बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुन र गुल्महरुमा सिनियर अफिसरको कमाण्डमा माइनस प्लाटुन रहने जनाइएको छ । अन्य युनिटहरुमा एक सेक्सनको नफ्रिमा उपलब्ध स्रोतसाधनसहित मनसुन प्रतिकार्य टोली गठन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

#विपद् व्यवस्थापन

 

ताजा अपडेट

खोजी गर्नुहोस