पूर्ण इजलास

कोशी सरकारविरुद्ध रिटको सुनुवाई पूर्ण इजलासमा, २७ गते तोकियो पेशी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २३, बुधबार (१० महिना अघि)
  • ११८ पटक पढिएको
कोशी सरकारविरुद्ध रिटको सुनुवाई पूर्ण इजलासमा, २७ गते तोकियो पेशी

जेठ २३, काठमाडौँ । कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासबाट हुने भएको छ । पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाईमा यस रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको छ र जेठ २७ गते पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै धारा १६८ ५ अनुसार नै अर्को सरकार गठन आह्वान गरेका थिए ।

#पूर्ण इजलास

ताजा अपडेट

खोजी गर्नुहोस