उपेन्द्र यादवको मुद्धामा पेसी तोकियो

  • अनलाइन केन्द्र
  • / जसपा नेपाल /
  • २०८१ जेष्ठ २५, शुक्रबार (१० महिना अघि)
  • १०१ पटक पढिएको
उपेन्द्र यादवको मुद्धामा पेसी तोकियो

जेठ २५,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको पेसी शुक्रवार न्यायाधीशद्वय हरिप्रसाल फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ।

यसअघि मङ्गलवार पनि सुनुवाइका लागि पेसी तोकिएको थियो । तर न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो ।

आज भने मुद्दाको पेसी चार नम्बरमा रहेको छ। जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो ।

तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस