धुनिवेशी २ का वडा अध्यक्ष मुस्कानले सुरे गरे जनश्रमदान अभियान

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८१ जेष्ठ २५, शुक्रबार (१० महिना अघि)
  • ४८८ पटक पढिएको
धुनिवेशी २ का वडा अध्यक्ष मुस्कानले सुरे गरे जनश्रमदान अभियान

जेठ २५,धादिङ । धुनिवेशी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुस्कान मोक्तानले प्रत्येक शनिबार जनश्रमदान अभियान सुरु गरेका छन् । उनले बैशाख २६ गते शनिबारबाट शुरु हुनेगरी जनश्रमदान अभियान थालेका हुन् । फेसबुक स्टाटस लेद्यखै उनले भनेका छन्–’धुनीबेसि नगर पालिका वडा नं २ को अभियान।। प्रत्येक शनिवार विहान ७ बजे बाट १० बजेसम्म जनश्रमदान यो चलिनै रहन्छ हाम्रो अभियान।।।”

वडा अध्यक्ष मोक्तानले लेखेका छन् -‘भोलि मिति २०८१ साल जेठ २६ गते शनिवार विहान ०७ बजे चिसापानी मन्दिर पातले वनमा जम्मा भई सिरानचौर हुँदै मेले महेश फाँटसम्म सडक नाली सरसफाई हुने हुदा सम्पूर्ण वडाबासीमहानुभाबहरुमा उपस्थितिको लागि जानकारी गर्दछौ ।’

उनले भनेका छन् । उनले यो अभियानको लागि हौसला प्रदान गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा समेत साथको अपेक्षा गरेका छन् । यसो त धुनिवेशी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश आचार्यले जनश्रमदानबाटै विभिन्न काम गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस