मधेश प्रदेश

मधेश प्रदेशमा मुख्यमन्त्री सतिश सिंहको पदभार ग्रहण : नौ महत्वपूर्ण निर्णयहरू सार्वजनिक

मधेश प्रदेशमा मुख्यमन्त्री सतिश सिंहको पदभार ग्रहण : नौ महत्वपूर्ण निर्णयहरू सार्वजनिक

जेठ २५, वीरगंज । मधेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गरेपछि नौ महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, र खेलकुदलाई प्राथमिकतामा राख्दै उनले यी निर्णयहरू गरेका हुन् ।

मुख्यमन्त्री सिंहले मधेशका १३६ पालिकालाई लक्षित गरी नमुना कृषि विकास समूह सहकारी वा कृषि साझेदारी मार्फत प्रत्येक पालिकामा एक कृषि उत्कृष्टता केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् ।

त्यस्तै, मधेश प्रदेशका प्रत्येक जिल्लामा नमुनाको रूपमा एक-एक वटा खुला शैक्षिक पार्क निर्माण गर्ने योजना रहेको सिंहले बताएका छन् । उनले मधेश प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वासिलो बनाउन डिजिटल तथ्यांक बैंक स्थापन गर्ने निर्णय पनि सार्वजनिक गरेका छन् ।

विदेशबाट सीप सिकेर फर्किएका जनशक्तिलाई परिचालन गर्दै सीपलाई रोजगारसँग जोड्ने कार्यक्रम लागू गर्ने निर्णय भएको उनले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले मधेशमा रहेको चरम भ्रष्टाचार न्युनीकरण गर्दै सुशासन कायम गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको उल्लेख गरे । उनले भने, म जतिदिन पदमा रहन्छु, सबै दललाई मिलाएर सहकार्य गर्दै जनताको पक्षमा काम गर्छु ।

लेखकको बारेमा

  • दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस