टी–२० विश्वकप

टी–२० विश्वकपमा बंगलादेशको विजयी सुरुवात, श्रीलंकाको दोस्रो हार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ जेष्ठ २६, शनिबार (१० महिना अघि)
  • ८० पटक पढिएको
टी–२० विश्वकपमा बंगलादेशको विजयी सुरुवात, श्रीलंकाको दोस्रो हार

जेठ २६, काठमाडौँ । बंगलादेशले जारी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा बंगलादेशले श्रीलंकामाथि २ विकेटको रोमान्चक जित हासिल गरेको हो ।

श्रीलंकाले दिएको १२५ रनको लक्ष्य पछाएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनाएको थियो । यो बंगलादेशको यस विश्वकपमा पहिलो खेल हो । यो जितपछि बंगलादेशले समूह ‘डी’ मा महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

त्यस्तै श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार व्यहोरेको थियो । अब बंगलादेशले अर्को खेल सोमबार दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ भने श्रीलंकाले बुधबार बिहान नेपालसँग खेल्ने तालिका रहेको छ ।

#टी–२० विश्वकप

ताजा अपडेट

खोजी गर्नुहोस