जेठ २९,काठमाडौँ । आज शेयरबजार नेप्से परिसुचक ३३ दशमलब १५ अंकले बढेर २१ सय १५ पुगेको छ । हिजोको तुलनामा आज शेयर कारोबार रकम पनि वृद्धि भएको छ । आज ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७ सय ३९ रुपैयाको कारोबार भएको हो ।
शेयर बढ्दा आज सबैभन्दा बढी कारोबार गर्ने कम्पनी एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि. रहेको छ । कम्पनीले ३६ करोड ३० लाख भन्दा बढी कारोबार गरेको छ ।
आज बागमती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी,बरुण हाइड्रो कम्पनी,ग्रिन भेन्चर्स कम्पनी, कुथेली बुकरी स्मल हाइड्रो कम्पनीको १० प्रतिशतको शेयर वृद्धि भएको छ भने अपर हेवाखोला होइड्रोपावर कम्पनी,एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीकोे ९ प्रतिशतले शेयर वृद्धि भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २।५८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।