जेष्ठ ३२,हेटौडा । मकवानपुर उद्योग वाणिज्य संघले पूर्व अध्यक्ष, केन्द्रीय सदस्य, सल्लाहकार, पदाधिकारी तथा सदस्यलाई विभिन्न संस्था तथा सार्वजनिक पदमा नियुक्त भएकाहरुलाई सम्मान गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी प्रदेश विकास परिषदको सदस्य पदमा नियुक्त भएपछि उनलाई सम्मान गरिएको हो । संघका सल्लाहकार श्रीधर पोखरेल नेकपा एमालेका मकवानपुर जिल्ला अध्यक्ष भएका छन् उनलाई पनि सम्मान गरिएको छ ।
यस्तै संघका निवर्तमान अध्यक्ष, केन्द्रीय सदस्य कृष्ण कटुवाल बागमती प्रदेश विश्वविद्यालयका संरक्षक समिति सदस्य नियुक्त भएपछि उनलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेमा संघका उपाध्यक्ष उज्वल चौलागाई नेकपा एमालेका मकवानपुर जिल्ला सदस्य पदमा नियुक्त भएका थिए उनलाई पनि सम्मान गरिएको छ ।
संघका कार्यसमिति सदस्य नरेन भण्डारी हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नियुक्त भएका छन उनलाई पनि संघले सम्मान गरेको छ । मकवानपुर उद्योग बाणिव्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले फुलमाला र प्रमाणपत्रसहित सम्मान गरेका हुन् । मकवानपुर उद्योग बाणिज्य संघले विभिन्न सामाजिक क्षेत्रमसमेत काम गर्दै आइरहेको व्यवसायिक संस्था हो । देशको उत्कृष्ट भित्र पर्ने उद्योग संघले व्यवसायीको हितमा प्रमुख रुपमा काम गर्दै आइरहेको छ ।
उहाँ राज ढुंगाना अनलाइन केन्द्र डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |