फागुन २१, काठमाडौँ । दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिरले मे ३० देखी इंग्ल्यान्ड र वेस्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपपछि वान डे क्रिकेटबाट सन्न्यास लिने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा भरपुर अनुभव बोकेका ३९ बर्षिय ताहिरले एक दिवसिय विश्वकप पछि सन्न्यास लिने क्रिकेट साउथ अफ्रिकाले जनाएको छ । सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध ओडीआई क्रिकेटमा डेब्यू गरेका थिए ।
ताहिरले हाल सम्म ९५ ओडीआई खेलमा कुल १ सय ५६ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रर्दशन ७/४५ छ । यसक्रममा ४.६५ इकोनमीमा रन खर्चिएका छन् ।
ताहिरले टि-२० क्रिकेट भने सन् २०२० को विश्वकप सम्म खेल्ने इच्छा राखेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । उनले फ्रेन्चाइज लिगहरुमा भने निरन्तर खेलिरहने जनाएका छन् ।