जेठ ३,कास्की । नेकपा एमाले कास्कीमा संस्थापन पक्षको गुटबन्दी चरम रुपमा बढ्दै गएको छ । गुटबन्दीकै श्रृंखला अनुरुप केहि दिन अगाडी गण्डकी प्रदेश सभाका सदस्य तथा पार्टीका केन्द्रिय सल्लाहकार परिषदका सदस्य गणेशमान गुरुङलाई अंकुश लगाउने काम गरिएको छ । जिल्ला,पोखरा महानगरपालिका र पालिका अधिवेशनमा आफ्नो पक्षलाई सहयोग नगरेका नाममा गुरुङलाई स्पष्टिकरणसमेत सोधिएको छ । एमाले कास्कीका नेता माधव बास्तोलाले गुरुङलाई विनाकारण स्पष्टिकरण सोधिनु नितान्त प्रतिशोध साँध्ने र अरुलाई तर्साउने काम गण्डकी प्रदेशका संसदिय दलका नेता खगराज अधिकारीले गरेको बताए ।
पछिल्लो समय नेता अधिकारी कास्कीका कतिपय पार्टी प्यालेसमा गुटका भेलाहरु गर्दै अन्य नेताहरुफरक विचार राख्ने समुहको नेताको गालीगलौजमा उत्रिएको एमाले नेताहरु बताउछन् । अधिकारीले आइतबार मात्रै कास्कीको रोयल पार्टी प्यालेसमा आफु निकट महिलाहरुको भेला गरी आफुहरुसंग एमालेको प्याटेन राइट रहेको दावी गर्न थालेका छन् । उनले भेलालाई सम्बोधन गर्दै आफ्नो विरुद्ध लाग्नेलाई भिम रावल बनाउने चेतावनीसमेत दिएका छन् ।
भेलाको विषयमा प्रतिक्रिया दिँदै एमाले कास्कीका नेता बास्तोलाले जिल्लामा केन्द्रित भएर व्यापक गुटको पक्षपोषण गर्नु गलत भएको बताउछन् । उनले भने ‘यो गलत छ,खगराज जी लाई मेरो आग्रह छ, जिल्ला,महानगर तपाईकै समुहले जितेको छ पार्टी चलाउनुहोस् । गुट हैन्’ । उनले आफुहरुले पार्टीलाई सबै किसिमको सहयोग गर्न तयार रहेको तर यस्तो पाराले मिसन ८४ पुरा हुँदैन् । उनले कास्कीमा संस्थापन पक्ष नाङ्गो रुपमा गुटबन्दीमा उत्रेकोमा दु:ख व्यक्त गरे । उनले यसरी पार्टी नबनेसमेत जिकिर गरे । उनले जिल्लाको टोलटोलमा गुटबन्दी पुगेको बताए । नेता बास्तोलाले संस्थापनले अरुलाई गुटबन्दी नगर भन्दै आफैँ चरम गुटबन्दीमा लागेको बताए । उनले संस्थापन पक्ष सच्चिनु जरुरी रहेको बताए । पार्टी होस् वा सरकार सञ्चालन गर्दा सबैलाई समेटेर लैजानु आवश्यक रहेको उनको भनाई थियो ।
उनले यस्तो किसिमको गुटबन्दी टुलुटुलु हेरेर बस्न नसक्ने बताउदै गुटबन्दीको प्रतिवाद गरिने बताए । उनले पछिल्लो समय पार्टी कार्यालयबाट पार्टी नचलेको बताउदै अमुक नेताको घरको कुनै बन्द कोठामा गरिने पार्टी बैठक नहुने बताए । नेता बास्तोलाले भने-‘कास्की जिल्ला कमिटीले जारी गरेको पहिलो सर्कुलरको निर्णय नं. ७ मा नतृत्वको बखाई,पार्टीको विरोधी गतिविधि नगर्न भन्दै अंकुश लगाउने निर्णय गर्छ,आफै यस्ता किसिमको हर्कत गर्दै हिँड्छ । यस्तो कार्यले पार्टीलाई टेवा पुर्याउछ त ? कमरेडहरु आफुले गरेको निर्णय प्रति उत्तरदायी त हुनुस्, की यो निर्णय निर्वाचन हारेकालाई मात्रै हो ?’