यस वर्षको प्रि-मनसुन सुरु : पहाडी क्षेत्रको मौसम लगातार प्रभावित भइरहने

फागुन २१,काठमाडौँ । यस वर्षको प्रि-मनसुन सुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि-मनसुन चल्ने भएकाले देशका पहाडी क्षेत्रको मौसम लगातार प्रभावित भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सुवास रिमालले प्रि(मनसुन सुरु भइसकेकाले देशका पहाडी भेगको मौसम प्रभावित बनिरहने बताए । प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराहृन तथा साँझ फाट्टफुट्ट वर्षा हुने उनको भनाइ छ ।

‘प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराहृन तथा साँझ लागेपछि पहाडी भूभागमा फाट्टफुट्ट वर्षा हुने हुन्छ’, रिमालले भने, ‘मार्चदेखि सुरु प्रि-मनसुन मे महिनासम्म चल्ने भएकाले पहाडी भेगको मौसम उस्तै रहने देखिन्छ ।’

पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य भूभागमा भने त्यसको असर पर्ने छैन । ‘नयाँ प्रणाली विकास नभइसकेकाले पहाडीबाहेकका क्षेत्रमा भने तत्काल वर्षाको सम्भावना देखिँदैन’, रिमालले भने ।

संम्बन्धित समचार

Leave a Reply